अनेरास्ववियू क्रान्तिकरीको चुनावी प्रक्रियाः आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

काठमाडौं, १३ भदौ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि लागि आज मंगलबार बेलुकासम्ममा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने भएको छ।

 

हिजो सोमबार दर्ता भएको मनोनयनमा मंगलबार बिहान ११ बजेसम्ममा नामावली फिर्ता, त्यसपछि दाबी विरोधको लागि समय दिने र बेलुकासम्ममा अन्तिम नामावली सार्वजनिक गर्ने तयारी छ।

 

नयाँ नेतृत्वका लागि भोलि मात्रै मतदान हुने भएको छ । नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्मा, रञ्जित तामाङ र मदन अर्यालले उम्मेदवार दर्ता गराउनु भएको छ।