नेपाल बारको निर्वाचन प्रक्रिया सुरु, आज मतदाता नामावली सार्वजनिक हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाल बारको निर्वाचन प्रक्रिया सुरु, आज मतदाता नामावली सार्वजनिक हुने

nepal-bar

काठमाडौं । नेपाल बार एशोसियसनको निर्वाचन प्रक्रिया सुरु भएको छ । आगमी १९ चैतमा नयाँ नेतृत्वका लागि चुनावका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु भएको हो ।

निर्वाचन समितिका अनुसार आज अपरान्ह ४ बजे मतदाता नामावली प्रकाशन गरेसँगै बार एशोसिएसनको निर्वाचन प्रक्रिया सुरु हुनेछ । १९ चैतमा हुने निर्वाचनवाट १ अध्यक्ष, ८ उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष र १४ जना सदस्यसहित केन्द्रीय नेतृत्व चयन गर्ने समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार आज अपरान्ह ४ बजे मतदाता नामावली प्रकाशन भए पछि १३ फागुन भित्र मतदाता नामावलीमा दाबी विरोध गर्न सकिनेछ भने सो प्रक्रिया आरम्भ भएको ५ दिन पछि १९ फागुनमा जाँचबुझ गरी २० फागुनमा अन्तिम नामावली प्रकाशन गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);