सरकारलाई काँग्रेस सांसद ढुंगानाको सुझावः कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकास गरौं | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सरकारलाई काँग्रेस सांसद ढुंगानाको सुझावः कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकास गरौं

काठमाडौं,२ चैत्र । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका राष्ट्रिय सभाका सांसद आनन्दप्रसाद ढुंगानाले मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन सरकारले कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । शुक्रवार राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

पूर्वमन्त्री समेत रहनुभएका सांसद ढुंगानाले ऊर्जा क्षेत्रको विकासका लागि तत्काल बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले विगतमा अरुण तेस्रो जलविद्युत आयोजनाको काम अघि नबढाउन मुलुकको अर्थतन्त्र ऋणात्मक अवस्थामा रहन गएको उल्लेख गर्दै यसको सुधारका लागि ऊर्जा क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । सांसद ढुंगानाले सिंचाईको आवश्यक व्यवस्था गरेर सरकारले मुलुकलाई निर्यातलाई समेत पुग्नेगरी अनाजको उत्पादन बढाउनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो बजेट ऋणात्मक भएको छ । त्यसलाई कम गर्ने हो भने निर्यातलाई बढाउनु पर्छ । निर्यात बढाउने अहिलेको अवस्था जलस्रोत शिवाय अरु छ जस्तो मलाइ लाग्दैन । मलाई थाहा छ–केटाकेटीमा हामीलाई शरदको मान्छे भनिन्थ्यो । र इन्डियाका मान्छेलाई मुग्लिनिया भनिन्थ्यो । र उताबाट गाडा लिएर हामी कहाँ धान किन्न आउथ्यो । हिजोको दिनमा उनीहरुले हामीबाट अनाज लगेर खान्थे । आज के भएको छ भने हामीनै अरर्वौको अनाज किन्ने अवस्थामा पुगेका छौं । निश्चयनै हाम्रो अर्थतन्त्रमा कहीँनकहीँ कमजोरीहरु भए, जसले गर्दाखेरी यो परिस्थिति हुन पुगेको छ । र निर्यात कम, आगामी बढी हुन गएको छ । त्यसलाई कम गर्नका लागि हाम्रो शिवाय जलस्रोत बाहेक अरु उपाय छैन । त्यसका लागि अहिलेको सरकारले प्राइभेट सेक्टरलाई पनि व्यवस्थापन मिलाएर कसरी अघि साथीहरुले उठाउनु भयो । बुढीगण्डकीको गएर कुरा उठेका छन । उ बेला अरुण तेस्रोको बारेमा धेरै कुराहरु उठे । अरुण तेस्रो नहुँदा आज देशले समस्या भोग्नु परेको छ । विभिन्न कारणले अरुण तेस्रोलाई हामीले बन्न दिएनौं । जसले गर्दा हाम्रा विकासको क्रममा कमजोरीहरु भए । अर्को प्राथमिकता हाम्रो कृषिलाई राखिएको छ । तर कृषिका लागि सिचाई नै छैन । हामीले धेरै वर्षदेखि कराउँदै आयौं–सुनकोशी मरिन डाईभर्सन । यो सुरु भएको छ । यसलाई व्यवस्थित गर्न सक्यौं भने मधेशको ८ जिल्ला, जहाँ अन्नको भण्डार छ । हामी अन्न उब्जाउन सक्छौ । आफूलाई पु¥याएर विदेशलाई पनि हामी दिनसक्छौं । तर हामीले त्यो दिशातिर कहिल्यै पनि सोचेनौं । सिचाईको बारेमा सोचेनौं, कृषिलाई प्राथमिकतामा राख्दै राखेनौं । हामीले कृषिलाई व्यवसायीकरण गर्ने कोशिसनै गरेनौं । जसले गर्दादेखि आज हाम्रो यो अवस्था भएको छ । त्यसैले म खासगरी अहिलेको अर्थमन्त्रीजीलाई आग्रह गर्न चाहन्छु–उहाँले कमसेकम ३÷४ वटा सिँचाई योजना कोशी कमला डाईभर्सन, कोशी मरिन डाईभर्सन, चतरा नहर, पश्चिम गएर गण्डक नहर र बबइ । यी सबैलाई व्यवस्थित गर्न सकियो भने हामीलाई अन्नको कमी हुँदैन । अर्वौको अन्न किन्नुपर्ने अवस्थाबाट हामीले उन्मुक्ति पाउँछौं । त्यतिमात्रै होइन अहिले युवाहरु किन पलाएन हुँदैछन ? युवाले रोजगारी पाउँदैनन् । रोजगारी छैन, राम्रो शिक्षा छैन । हामीले जुन संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायौं । त्यो संविधानको दायरा भित्र बसेर स्वास्थ्य र शिक्षालाई मौलिक अधिकार भित्र राखेका छौं । त्यसलाई व्यवस्थापन गरौं । र कृषि, ऊर्जा र पर्यटनलाई व्यवस्थापन गरौं । ’

सांसद ढुंगानाले सरकारले मुलकको आर्थिक क्षेत्रको विकासमा निजी क्षेत्रलाई सहभागी गराएर लैजान पहल गर्नुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);