स्पेनिस ला लिगा : एट्लेटिको मड्रिड सेभिल्लासँग बराबरी | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

स्पेनिस ला लिगा : एट्लेटिको मड्रिड सेभिल्लासँग बराबरी

la liga

काठमाडौं, २३ पुस । स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले सेभिल्लासँग बराबरी खेलेको छ ।

आइतबार राति भएको खेलमा एट्लेटिकोले सेभिल्लासँग १–१ गोलको बराबरी खेलको हो । ३७ औं मिनेटमा विसम बेन एडरले गोल गर्दै सेभिल्लालाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा एन्टोनी ग्रीजम्यानले गोल गर्दै एट्लेटिको मड्रिडलाई बराबरी गोलमा र्पुयाएका थिए ।पहिलो हाफमा दुवै टिमले १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो हाफमा दुवै टिमले गोल गर्ने अवसर पाए पनि गोल गर्न सकेनन् ।

त्यस्तै, स्पेनिस ला लिगा फुटबलअन्तर्गत नै आइतबार राति भएको अर्को खेलमा भिल्लारियलले इल्बारसँग गोलरहित बराबरी खेलेको छ । लिगको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको १८ खेलबाट ३५ अंक भएको छ भने सेभिल्लाको ३३ अंक रहेको छ ।

ताजा समाचार

Test Post Created

२ घन्टा अघि

test123123

११ घन्टा अघि

test123123

११ घन्टा अघि