शहीद स्मारक ए डिभिजन लिग : एपिएफद्वारा संकटा पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

शहीद स्मारक ए डिभिजन लिग : एपिएफद्वारा संकटा पराजित

A-division-lig

काठमाडौं, २३ पुस । एक खेल अगाडि नै उपविजेता पक्का भएको संकटा क्लबले आफ्नो अन्तिम खेलमा धक्का खाएको छ ।

सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा विभागीय टिम एपीएफ क्लबसंग २ – १ गोल अन्तरले पराजित भए पछि धक्का खाएको हो । सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा संकटा क्लब विभागीय टिम एपीएफ क्लबसंग २ – १ गोल अन्तरले पराजित भएको हो ।

एपीएफलाई जित दिलाउन युवराज खड्का र राजन गुरुङले एक एक गोल गरे भने संकटाका लक्ष्मण रुचालले सान्त्वना एक गोल फर्काएका थिए । खेलको २३ औं मिनेटमा युवराजले काउन्टर गोल गर्दै एपीएफलाई १ – ० को अग्रता दिलाएका थिए । खेलको ७१ औं मिनेटमा राजनले हेड गोल गर्दै एपीएफलाई २ – ० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा संकटाका लक्ष्मणले फ्रि किकबाट एक गोल गरेपनि संकटाको हार टार्न सकेनन् ।

यो हारसंगै उपविजेता बनेको संकटाले लिगको १३ खेलबाट २८ अंक जोड्न सफल भएको छ । जितसंगै एपीएफ भने शीर्ष पाँचमा अटाएका छन्  । एपीएफले २३ अंक जोडेर पाँचौ स्थानमा रहदै लिगको सुखद् अन्त्य गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);