क्वारेन्टाइनमा न राम्रो खाना न शुद्ध पिउने पानी ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

क्वारेन्टाइनमा न राम्रो खाना न शुद्ध पिउने पानी !

quarantine illam

टिका खतिवडा

इलाम, २४ वैशाख । इलाम नगरपालिकाको क्वारेन्टाइनमा बसेकाहरुले अत्यावश्यक सुविधा समेत नपाएको गुनासो गरेका छन् । क्वारेन्टाइनमा बस्दै आएकाहरुले खाना र पिउने पानी जस्ता अत्यावश्यक बस्तुको राम्रो व्यवस्था नभएको भन्दै गुनासो गरेका हुन् ।

इलाम नगरपालिकाले जिल्ला समन्वय समितिको निर्माणाधिन भवनलाई क्वारेन्टाइन बनाएको छ । उक्त क्वारेन्टाइनमा हाल १५ जना रहेका छन् । तर क्वारेन्टाइनमा बस्नेहरुले न राम्रो खान पाएका छन् न शुद्ध पिउने पानी नै । आफूहरुलाई पानी खाना लगायत बस्नको लागि राम्रो व्यवस्थापन नभएको क्वारेन्टाइन बस्नेहरुले गुनासो गरेका छन् । स्थानीय सरकारले स्वास्थ्यको ख्याल नगरी क्वारेन्टाइनमा राखेको उनिहरुको गुनासो छ ।

क्वारेन्टाइनमा बसेकाहरुलाई स्वाच्छ पिउने पानी नभएको गुनासो बढेपछि जिल्ला फूटवल संघ इलाम र निर्माण ब्यवसायी संघ इलामले २० कार्टुन पानीको व्यस्था गरेको छ । इलाम नगरपालिकाको कोरोना कोषमा ५७ लाख २८ हजार ३ सय ५१ रुपैंया जम्मा भएको र ५१ लाख खर्च भइसकेको बताइएको छ ।

राहत र क्वारेन्टाइनमा गरेर ५१ लाख खर्च भएको इलाम नगरपालिकाको लेखा शाखाले जानकारी दिएको छ । इलाम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार शाहले भने क्वारेन्टाइनमा बिहान खाजा र चिया , १० बजे खाना, दिउसो खाजा, चिया र बेलुका खानाको ब्यवस्था गरेको बताउनु भयो ।

कोरोना संक्रमण नियन्त्रणका लागि क्वारेन्टाइन व्यवस्थित हुन जरुरी छ । कुनै पनि आम नागरिक क्वारेन्टाइनमा बसेर उल्टै रोगी बन्न चाहँदैन । क्वारेन्टाइनमा खानपानको नै राम्रो व्यवस्था नभए नागरिकहरुको क्वारेन्टाइन प्रतिको वितृष्णा बढाउने सम्भावना हुन्छ । त्यसैले क्वारेन्टाइनलाई व्यवस्थित गर्न जरुरी छ ताकी नागरिकहरु स्वस्फुर्त रुपमा क्वारेन्टाइनमा बस्न इच्छुक होउन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);