निर्वाचनमा गाडीको प्रयोग भएपछि उत्तरी धादिङ जाने यात्रु अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

निर्वाचनमा गाडीको प्रयोग भएपछि उत्तरी धादिङ जाने यात्रु अलपत्र

शिखा श्रेष्ठ, २८ बैशाख धादिङ ।
स्थानिय तह निर्वाचनको चुनावी प्रचारप्रसारका लागी गाडीको प्रयोग भएपछि उत्तरी धादिङ जाने यात्रुहरु अलपत्र परेका छन् । स्थानिय तह निर्वाचन आउन ३ दिन मात्र वाँकी रहँदा ग्रामीण क्षेत्रमा चल्ने गाडीहरु चुनावी प्रचार

निर्वाचनमा गाडीको प्रयोग भएपछि उत्तरी धादिङ जाने यात्रु अलपत्र

शिखा श्रेष्ठ, २८ बैशाख धादिङ ।

स्थानिय तह निर्वाचनको चुनावी प्रचारप्रसारका लागी गाडीको प्रयोग भएपछि उत्तरी धादिङ जाने यात्रुहरु अलपत्र परेका छन् । स्थानिय तह निर्वाचन आउन ३ दिन मात्र वाँकी रहँदा ग्रामीण क्षेत्रमा चल्ने गाडीहरु चुनावी प्रचार प्रसारका लागी प्रयोग गर्न थालिएसंगै उत्तरी धादिङ जाने यात्रुहरु अलपत्र परेका हुन् । सबै गाडीहरु चुनावी प्रचारप्रसारका लागी गाउँ गाउँमा कार्यकर्ता बोक्न थालेसंगै गाडीहरु गाउँ नजादाँ यात्रुहरु कसरी जाने भन्ने चिन्तामा छन् । हिँडेर जाउँ २ ३ दिन लाग्छ गाउँमा चल्ने गाडीहरु सबै चुनावी प्रचारप्रसारमा लागेपछि गाउँ जान समस्या भएको यात्रुहरु बताउछन् । गाडी सबै चुनावको लागी प्रयोग भएपछि टिकट काउन्टर पनि बन्द भएपछि २ ३ दिनको बाटो कसरी जाने यात्रुहरु बताउँछन् । बुढाबुढी र साना साना बच्चाहरु लाई झन् सकस भएको छ । निर्वाचनमा भोट हाल्नको लागी गाउँ जाने तयारीमा रहेका यात्रुहरु धादिङबेशीमा नै अलपत्र परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);