सार्वजनिक यातायातमा गुन्द्रक जस्तै खाँदीएर गर्नुपर्ने सकस पूर्ण यात्रा कहिले सम्म ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सार्वजनिक यातायातमा गुन्द्रक जस्तै खाँदीएर गर्नुपर्ने सकस पूर्ण यात्रा कहिले सम्म ( भिडियो रिपोर्ट )

बिसंतर शाक्य \ माउण्टेन टेलिभिजन एचडी । 

काठमाडौँ पौष ०९ । नेपालमा सार्वजनिक यातायतको सकस पूर्ण यात्रा अधिकाशंले बेहोरेकै हुन्छन् । कार्यलय समयमा साना र थोत्रा बस चढ्नु भनेको असिम पिडा निम्त्याएकै जस्तो हुन्छ। ललितपुरको बुंगमति रत्नपार्क रुटमा चल्ने सार्वजनिक सवारी यसका प्रत्यक्ष उदाहरण हो। अधिकाशं साना र पुराना गाडी रहेको उक्त रुटको बिचबाट कार्यलय समयमा सिट पाएर यात्रा गर्ने कल्पनै गर्न सकिदैन । साना गाडीमा गुन्दुक जस्तै खाँदीएर गर्नुपर्ने सकस पूर्ण यात्रा गर्न पनि हरेक दिन लडाइँ नै गर्नुपर्छ। असक्त र वृद्धवृद्धाको कुरा छाडौं युवा पिडीका लागि पनि हरेक दिन युद्ध नै जित्नु पर्ने बाध्यता हुुन्छ। झुन्डिएर भए पनि यात्रा गर्न बाध्य हुन्छन यात्र्ुहरु।

सवारी तथा यातायात व्यवस्था नियमावली अनुसार बसले २६ देखि ५६ जना, मिनीबसले १५ देखि २५ र माइक्रो बसले १४ यात्री राख्न सक्छन् । तर यातायातमा कब्जा जमाएको सिन्डीकेटले ती सबै व्यवस्थाको धज्जी उडाइरहेका छन् । चडाउने र उराल्ने स्थान समेत टुंगौ हुदैन । ” त्यसमाथि सडक जाम ” ...

रत्नपार्क बुंगमति रुटका गाडीका चालकहरु भने गाडीको कुनै कमी नभएको कार्यालय जाने र आउने समयमा यात्रुको चाप स्वभाविक भएको भन्दै यो कुनै समस्या नभएको तर्क गर्छन् ।

प्रत्येक बर्ष गाडीहरु र यात्रुहरु बढीरहेको छ तर सडक भने बढ्ने अवस्था छैन । यही गति कायम रहे आगामी १० वर्षमा काठमाडौँ उपत्यकामा अहिले उपलब्ध १५ सय किलोमिटर सडकमा ५० लाख सवारी साधन गुड्ने अवस्था हुन्छ । ती कसरी गुड्लान् ? यसको व्यवस्थापनका लागि राज्यले सहज र सरल सार्वजनिक यातायातलाई प्राथमिकता दिनु पर्ने अवस्थामा उपत्यकाबासी ऋण लिएरै भएपनि निजी सवारी साधान किन्न आकर्षित भइरहेका छन् ।

उयसबाट आउन सक्ने बिकराल अवस्था तर्पm सम्बन्घित निकाय अहिलेनै सचेत हुनु पर्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);