सवारी जामले उपत्यकामा सार्वजनिक यातायातको यात्रा सकसपूर्ण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सवारी जामले उपत्यकामा सार्वजनिक यातायातको यात्रा सकसपूर्ण

Traffic-Jam

रामनिवास यादव
काठमाडौं, २९ कात्तिक । पछिल्लो समय राजधानीमा सार्वजनिक यातायातमा आवतजावत गर्न सर्वसाधारणलाई निकै सकस रहेको छ । यात्रुको संख्यासँगै सवारी साधानको संख्या बढ्नु र लामो समयसम्म ट्राफिक जाम हुनाले सर्वसाधारण कष्टपूर्ण यात्रा गर्न बाध्य छन् ।

राजधानी काठमाडौंका लागि खानेपानी, धुँवाधुलो, फोहोर, ढलको निकास पुरानै समस्या भए पनि अहिले नयाँ समस्याको रुपमा उब्जिएको छ, ट्राफिक जाम । घन्टौ जाम मात्र नभएर यात्रु सार्वजनिक सवारीसाधनमा ठेलमठेल उभिएर कष्ट पूर्ण यात्रा गरिरहेका छन् । बस चढ्नकै लागि यात्रु तछाड मछाड गरीरहेको दृश्य हरेक दिन बस पार्क र बस स्टपहरुमा देखिनु पछिल्लो समय सामान्य बन्दै गएको छ ।

स्मार्ट सिटीको नारा दिइएको नेपालकै राजधानी काठमाडौं महानगर भित्र बस चढ्नकै लागि घण्टौँ लाईनमा बस्छन् राजधानीबासीहरु । तर पनि सुरक्षित यात्र गर्न मुश्किल छ ।

जोखिम मोलेर भए पनि गन्तव्यतर्फ पुग्नका लागि तछाडमछाड गरी बस चढ्छन्। बस चढे पनि सिट नपाएर उभिएर यात्रा गर्न बाध्य हुन्छन् । जसले गर्दा राजधानीका यात्रु अव्यवस्थित सडक जाम र त्यसमाथि ठेलमठेलको यात्राबाट आक्रान्त बनेका छन् ।

सवारीसाधनमा सहजरुपमा यात्र गर्न नपाउँदा भने सर्वसाधारण सरकारले कुनै पहल नगरेको प्रति अक्रोशित बन्ने गरेका छन् । हुनत साँघुरो बाटो त्यसमाथि गाडीको चाँप बढी भएकोले बिशेषगरी कार्यालय समयमा ट्राफिक जाम बढि हुने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रबि कुमार पौडेलको भनाई छ ।

समयमै सडक विस्तार नगर्ने हो भने, हजार जना ट्राफिक प्रहरी एकै ठाँउमा खटाउँदा पनि समस्या समाधान नहुने उहाँको भनाई छ । यता सडक विभाग भने राजधानिको सडक जामको समस्या दिर्घकालिन नहुने बताउँदै आएको छ ।

सार्वजनिक यातायातलाई अझ सुबिधा सम्पन्न र यात्रुमैत्री बनाउनु आवश्यक छ तर समस्या समाधानतर्फ सरकार र महानगरले खासै चाँसो लिएको देखिदैन । सरकारले नारामा रेल र मेट्रोरेलको कुरा गर्नु भन्दा पनि भएकै सार्वजनिक यातायातलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);