दशै मनाउन गाउँघर जानेहरुको चटारो (एक रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०७९, शुक्रबार

दशै मनाउन गाउँघर जानेहरुको चटारो (एक रिपोर्ट)

काठमाडौं । नेपालीहरुको महान पर्व दशै मनाउन गाउँ/घर जानेहरुको यतिवेला चटारो छ । राजधानीमा विभिन्न पेशा÷व्यवशाय गरेर बसेकाहरु दशैमा एकै पटक ठूलो संख्यामा राजधानीबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ ।

बाहिरिनेहरुको संख्या बढ्दै गर्दा माग अनुसारको सवारी साधनको व्यवस्थापन हुन सक्दैन । प्रत्येक बर्ष दशैमा यात्रुहरु सहज यात्र गर्न नपाउने मात्रै होईन, बढि भाडा तिरेर यात्रा गर्न बाध्य हुन्छन् ।

काठमाडौंका मुख्य ठाउँमा दशैंको भीडभाड देखिन थालेको छ । बजार मात्र हैन, यतिबेला दशै मनाउन गाउँघर जान आतुर मानिसको बाक्लो उपस्थितिले नयाँबसपार्कमा भिडभाड देखिन्छ । टिकट काउन्टरमा टिकट काट्न कर्मचारीको व्यस्तता उतिक्कै छ भने झिटीझाम्टा बोकेर परिवार भेटन जाने यात्रुलाई यात्राको व्यवस्थापन गर्न भ्याइ–नभ्याइ छ ।

गत वर्ष कोभिडका कारण उपत्यकामै दशै मनाएकाहरु यस पटकको दशैमा भने गाउघर जाने लर्काे देखिन्छ । नयाँ बसपार्क वरपरको दृश्यले साँच्चै दशैं भित्रिएको स्पष्ट हुन्छ । बसपार्कमा घर जानेहरुको भिड छ भने अग्रीम टिकट काट्नेहरुका लाइन पनि लामो देख्न सकिन्छ । तर टिकट नपाउदा यात्रुहरु समस्यामा परेको बताउँछन् ।

वैदेशिक रोजगारीमा गएकाहरू पनि वर्ष दिनको चाडबाड परिवारसँग मनाउने आकांक्षा बोकेर फर्किएका छन् । कोरोना संक्रमणकोे जोखिमसँगै रोग, भोक, शोकबाट गुज्रिएको परिवारसँगको भेट उनीहरूका लागि विशेष घडी भएको छ । तर दशैका समयमा गाडिको सहज तरिकाको ब्यबस्थापन नहुदा टिकट नपाएर दुरदराज जाने यात्रुहरुले हरेक वर्षको दशैमा सास्ती भोगीरहेका छन् । यस पटक विभिन्न ठाउका सडहरुको अबस्थाका कारण पनि समयमा गाडि बाहिरबाट नफर्किदा समस्या भएको ब्यबसायी बताउँछन् ।

टिकट खुलेसंगै केहि कम देखिएको यात्रुको चाप घट्स्थापना देखि बढेको छ । हरेक वर्ष दशैका समयमा २५ लाख मानिस बाहिरिने तथ्याङ भएपनि अहिले २० लाख मानिस बाहिरिने आँकलन गरिएको छ । तर सरकार लगायत यातायात ब्यबसायीहरुले ब्यबस्थापन गर्न नसक्दा टिकट नपाउने र भाडादर को समस्या हरेक वर्ष देखिने गरेको छ । दशै मनाउन साना बालबालिका बोकेर लामो यात्रा गर्नूपर्ने बाध्यता रहेकाले यात्रुहरुको यात्रालाई सहज बनाउन सम्वन्धीत निकायको ध्यान जान जरुरी छ ।

Leave a Reply