मेरिङ्देन गाउँपालिकाले बनायो प्रहरीचौकी भवन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मेरिङ्देन गाउँपालिकाले बनायो प्रहरीचौकी भवन

ताप्लेजुङ । मेरिङ्देन गाउँपालिकाले आफ्र्न लगानीमा प्रहरीचौकी भवन निर्माण गरेको छ । पालिका केन्द्र रहेको मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राको सुर्माटारमा १७ लाख रुपैयाँ लगानीबाट प्रहरीचौकी भवन निर्माण भएको हो ।

भवनको विहीबार उद्घाटन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेले बताए । यो भवन स्थानीय उपभोक्ता समितिमार्फत निर्माण गरिएको हो । भवनको उद्घाटन गाउँपालिका अध्यक्ष गणेशबहादुर चोङ्बाङ लिम्बू, उपाध्यक्ष कल्पना तुम्बाहाम्फेलगायतको उपस्थितिमा भएको हो । भवन उद्घाटनसँगै भवनबाट प्रहरीचौकी कार्यालय सञ्चालनमा आएको छ । नवनिर्मित भवनमा प्रहरीचौकी कार्यालय, हिरासत कक्ष, स्नान तथा शौचालयसमेत निर्माण रहेको प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेले बताए । 

प्रहरीचौकी कार्यालय सन्चालनका लागि आवश्यक फर्निचर, लत्ताकपडासहितका सबै सामग्री व्यवस्थापनमा गाउँपालिकाले सहयोग गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सान्थाक्रामा स्थापित प्रहरीचौकीमा प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्व रहने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);