यार्सा चोर निगरानीमा २ सय बढी युवा परिचालन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

यार्सा चोर निगरानीमा २ सय बढी युवा परिचालन

मेगराज खड्का
२९, बैशाख रुकुम ।
रुकुम जिल्लाको पूर्वी क्षेत्रमा पर्ने पुथाउत्तरंगा गाउँपालिकाको विभिन्न बुकी तथा पाटनमा पाइने यार्सा टिप्न सुरुसार थालिएको हो । साबिकको रन्मामैकोट गाविसको पुपाल, अरविजा, जंगला, पूर्वाङलगायत ठाउँमा यार्सा

यार्सा चोर निगरानीमा २ सय बढी युवा परिचालन

मेगराज खड्का २९, बैशाख रुकुम ।

रुकुम जिल्लाको पूर्वी क्षेत्रमा पर्ने पुथाउत्तरंगा गाउँपालिकाको विभिन्न बुकी तथा पाटनमा पाइने यार्सा टिप्न सुरुसार थालिएको हो । साबिकको रन्मामैकोट गाविसको पुपाल, अरविजा, जंगला, पूर्वाङलगायत ठाउँमा यार्सा पाइन्छ । सिजनको सुरुमा यार्सा सुरक्षाका लागि युवाहरूलाई बुकी पठाइएको छ । यार्सा खोज्न जाने सर्वसाधारण मालसामानको जोहो गर्दै छन् । सिजन व्यवस्थापन समितिले उम्रिसकेको यार्सालाई चोरबाट जोगाउन र बुकीको अवस्थाबारे बुझ्न युवाहरूलाई त्यसतर्फ पठाएको यार्सा सिजन व्यवस्थापन समिति अध्यक्ष छायाबहादुर पुनले बताए ।

 

उनका अनुसार २ सय बढी युवाहरूलाई बुकीको सुरक्षा गर्न पठाएर सिजन व्यवस्थापन समितिको बैठक बसेर टिप्ने मिति तोक्ने तयारी गरिरहेको छ । गाउँबाट २ दिन हिँडेर व्यवस्थापन समिति बैठक बस्न दुले क्याम्प पुगेको बताईएको छ । सुरक्षाका लागि बुकी पुगेका युवाहरूले ल्याउने खबरको आधारमा यार्सा खुला गर्ने दिनको निर्णय हुने अध्यक्ष पुनले जानकारी दिए । सिजन व्यवस्थापन समितिले यार्सा खोज्ने र किन्नेका लागि प्रवेश शुल्क पनि तोकिसकेको छैन । त्यस क्षेत्रका सर्वसाधारणको आम्दानीको मुख्य स्रोतका रूपमा रहेको यार्साको एउटा सिजनबाट उनीहरूले वर्षभरको खर्च व्यवस्थापन गर्छन् ।

 

उनीहरूका लागि यो सिजन ठूलै पर्वसरह हो । महिना दिन बुकीमै बिताउने उनीहरूले प्रतिपरिवार यार्सा खोजेर मात्रै ५० हजारदेखि ५ लाखसम्म आम्दानी गर्छन् । पुथाउत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकाका अधिकांश ठाउँका सर्वसाधारण यार्सा टिप्न जान्छन । पुथाउत्तरगंगा र सिस्नेको भूभागसहित उनीहरू डोल्पासम्म पुग्ने गर्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);