असिना पानीले विद्युत अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

असिना पानीले विद्युत अवरुद्ध

हरि प्रसाद भण्डारी,३० बैशाख प्यूठान ।
अविरल वर्षासंगै परेको असिनाको कारण उत्तरी प्यूठानको विद्युत सेवा अवरुद्ध भएको छ। गौमुखी गाउँपालिका ३ रजवाराका ३ वटै लघु जलविद्युत योजनाका भौतिक संरचनामा क्षेति पुगेकाले ९ सय घरपरिवारले प्रयोग गर्दै आएको लघु विद्युत अवरुद्ध भएको हो ।

असिना पानीले विद्युत अवरुद्ध

 

हरि प्रसाद भण्डारी,३० बैशाख प्यूठान ।

अविरल वर्षासंगै परेको असिनाको कारण उत्तरी प्यूठानको विद्युत सेवा अवरुद्ध भएको छ। गौमुखी गाउँपालिका ३ रजवाराका ३ वटै लघु जलविद्युत योजनाका भौतिक संरचनामा क्षेति पुगेकाले ९ सय घरपरिवारले प्रयोग गर्दै आएको लघु विद्युत अवरुद्ध भएको हो । शुक्रबार राती अविरल बर्षा संगै परेको असिनाका कारण आयोजनाको कुलो भत्कीएको र कतिपय स्थानमा बाढीले कुलो पुरेका कारण विद्युत उत्पादनरोकिएको छ। विद्युत आपुर्ति अवरुद्ध भएपछि रजवाराका करिव ९ सय परिवार अन्धकारमा बस्नु परेको हो । पानी सहित आएको भेल र असिनाले रजवारामा रहेको खराखोला, तिखाचुली र सिरुङ खोलालघु जलविद्युत आयोजनामा क्षति गरेको छ । गत श्रावण महिनाको वाढिले अवरुद्ध गरेको विद्युत सेवा ८ महिनापछि फागुनमा वनेको थियो। २ महिना पनि वाल्न नपाउदै फेरी विद्युत सेवा अवरुद्ध भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);