यार्सागुम्बा सुरक्षाका लागि ६ सय युवा परिचालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

यार्सागुम्बा सुरक्षाका लागि ६ सय युवा परिचालन

yarsagumba

रुकुम, २३ बैशाख । रुकुम पूर्वस्थित पुथाउत्तरंगा गाउँपालिकाको बुकिपाटन क्षेत्रमा यार्सागुम्बा सुरक्षाका लागि ६ सय युवाहरु खटाईएको छ । जेठ पहिलो साताबाट यार्सा संकलनको तयारी गरिएपछि त्यस क्षेत्रमा यार्सा सुरक्षामा युवाहरु खटाईएको हो ।

वैशाख ५ देखि बुकिको यार्सा सुरक्षाको लागि युवा परिचालन गरिएको यार्सा सिजन व्यवस्थापन समितिका अध्यक्ष अमरधन पुनले जानकारी दिए । प्रहरीको सुरक्षासहितको युवा टोलीले यार्सा सिजनका लागि औपचारिक रुपमा खुला नगरिँदै यार्सा चोरी हुनबाट रोक्ने छ । यार्सा टिप्न सर्वसाधारण बुकि पाटन नपुगेसम्म सम्पूर्ण सुरक्षाको जिम्मा तिनै युवाको हुनेछ ।

प्रत्येक बर्ष जेठको पहिलो साताबाट यार्सा टिप्न समितिले खुल्ला गर्दै आएको छ । पुथाउत्तरगंगा गाउँपालिका १ र २ नम्बर वडाको पुपाल, अरविजा, जंगला, पूर्वाङ, भित्रिवन, उङ्ला, निम्कु, पानीढल, फूलबारीलगायतमा यार्सा पाइन्छ ।

त्यस क्षेत्रका सर्वसाधारणको मुख्य आम्दानीको स्रोत यही यार्सा संकलन हो । यस सिजनमा यार्सा टिप्ने एक व्यक्तिले एक हजार ५ सयका दरले कर तिर्नुपर्छ । यसरी संकलित रकम व्यवस्थापन समितिले सिजनभर भैपरी आउने खर्च व्यवस्थापन र गाउँको विकास निर्माणमा लगाउने गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);