साँफेबगर विमानस्थल चाँडै सञ्चालनमा आउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

साँफेबगर विमानस्थल चाँडै सञ्चालनमा आउँदै

safebagar

अछाम, २३ बैशाख । सशस्त्र द्वन्द्वको समयमा बन्द भएको अछामको साफेबगर विमानस्थल चाँडै सञ्चालनमा आउने भएको छ । आगामी असारभित्रै विमानस्थल संचालनमा ल्याउन काम तीव्र पारिएको छ ।

गत चैतमा पुनर्निर्माण सकिनुपर्ने भएपनि निर्वाचनका कारण ढिलाइ भएको थियो । पुनर्निर्माणको जिम्मा पाएको अमर कन्स्ट्रक्सनका अनुसार आउँदो असारभित्र काम सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

साँफेबगर विमानस्थल सञ्चालनका लागि सरकारले ११ करोड १६ लाख ९३ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । विमानस्थल पुनर्निर्माणको काम सम्पन्न भएपछि उक्त क्षेत्रको बजार ब्यवसाय फस्टाउनुका साथै पर्यटकको आगमन पनि बढ्ने अपेक्षा गरिएको छ ।

विक्रम सम्बत २०५८ सालमा तत्कालीन विद्रोही नेकपा माओवादी र सरकारी सेनाबीच भएको भिडन्तका कारण बिमानस्थलको टावर नै ध्वस्त भइ बन्द भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);