कर्णाली नदीमा र्‍याफ्टिङ फस्टाउँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

कर्णाली नदीमा र्‍याफ्टिङ फस्टाउँदै

पाण्डव पुजारा

 कैलाली, २५ फागुन । पाकृतिक सौन्दर्यताले भरिपूर्ण कैलालीको चिसापानी पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र हो । नेपालको सबैभन्दा लामो नदीको रुपमा परिचित कर्णालीमा र्‍याफ्टिङ फस्टाउन थालेको छ । तर प्रचारप्रसार र पुर्वाधारको अभावले सो क्षेत्र ओझेलमा परेको सरोकारवालाको गुनासो छ ।

कैलालीको चिसापनीस्थित कर्णाली नदीमा र्‍याफ्टिङ लागि युवाहरु पुग्न थालेका छन् । पाकृतिक सौन्दर्यताले भरिपूर्ण चिसापानीमा र्‍याफ्टिङमा रमाउन युवाहरु पुग्न थालेका हुन् । तर पुर्वाधारको अभावका कारण पर्यटकले विभिन्न सम्स्या झेल्नु परेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको पश्चिमी सीमा हुँदै बग्ने कर्णाली नदीको चिसापानीदेखि टीकापुर पार्क र बर्दियासम्म र्‍याफ्टिङ गर्न सकिन्छ । सो क्षेत्रमा र्‍याफ्टिङ गर्दा नदी आसपासमा बाघ, हात्ती लगायतका दुर्लभ वन्यजन्तुका साथै बोटविरुवा, फूल, चराचुरुङ्गीको अवलोकन गर्न पाइने भएकाले पर्यटकलाई तान्ने गरेको छ ।

कर्णाली, भेरी, सेतीदेखि चिसापानी तथा टीकापुर पार्कसम्म २०६९ साल देखि र्‍याफ्टिङ सुरु गरिएको हो । तर र्‍याफ्टिङको प्रचारप्रासार हुन नसकेको संचालकहरुको गुनासो छ ।

प्रदेश संसदहरुले कैलाली चिसापानीको साथै र्‍याफ्टिङ प्रवद्र्धन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । पछिल्लो समय र्‍याफ्टिङ लोकप्रिय बन्दै गएको छ । यदि चिसापानीको र्‍याफ्टिङलाई प्रचार प्रसार गर्ने हो भने आन्तरिक मात्र हैन बाह्य पर्यटक समेत भित्राउन सकिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);