प्रहरीको 'समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम देशभर सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

प्रहरीको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम देशभर सुरु

samudaye prahari sajhedari

प्रकाश ढकाल
काठमाडौं, ११ कात्तिक
। ‘हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रमक आरम्भ गरेको छ । साझेदारी कार्यक्रममा स्थानीय तह र नेपाल प्रहरीबीच साझेदारीमा विद्यालय केन्द्रीत कार्ययोजना संचालन हुने छन् ।

सत्य सेवा सुरक्षणम्को मूलमन्त्र बोकेर स्थापित नेपाल प्रहरीको संगठन अन्य सैन्य संगठनहरुभन्दा बढी नै जनमानससँग जोडिने संगठन हो । जनमानसँग जोडिएर कानुनको परिपालना गराउने र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिने संगठन नेपाल प्रहरीमा २०५० एता राजनीतिक प्रभाव बढन थालेको मानिन्छ । दबाव र प्रभावमा प्रहरी संगठन चल्दै गर्दा नेपाली जनमानसमा नेपाल प्रहरीप्रतिको विश्वास केही धरमराएको अवस्था छ ।

८८ किलो सुनकाण्ड, व्यपाक छानविनबाट पनि दोषि नभेटिएको ३३ किलो सुनकाण्ड, नेतृत्व विवाद, तथा पछिल्लो सयमको निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा दोषी नभेट्दा नेपाल प्रहरीको नागरिक विश्वास धर्मराएको छ । नेपाल प्रहरी र समुदायको संयुक्त सहभागितामा गरिएका कार्यक्रमहरुको आधारमा मात्र समाजमा दिगो शान्ति सहित सामाजिक सुरक्षाको प्रत्याभूत गर्न सकिन्छ भन्ने विश्वास सरकारले लिएको छ ।

अपराध रोकथाम, सामाजिक विकृति विसंगतिका विरुद्ध जनचेतना फैलाउन, सुरक्षा व्यवस्थापनमा जनसहभागिता अभिवृद्धि तथा नेपाल प्रहरी र स्थानीय तहकोबीचमा समन्वय स्थापित र संस्थागत गर्ने प्रहरीको लक्ष्य रहेको छ । नेपाल प्रहरीले भने नागरिक विश्वास पुनस्र्थापित गर्न साम्दाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरेको छ ।

‘चेन अफ कमाण्ड’ मा रहने नेपाल प्रहरीलाई जनमैत्री बनाउन नेपाल प्रहरी र समुदायको संयुक्त सहभागितामा यो भन्दा अघि पनि सामुदायिक प्रहरी, प्रहरी जनताको साथी, मुस्कान सहितको सेवा र छिमेकी प्रहरी जस्ता कार्यक्रम सञ्चालन नगरेको होइन । तर संगठनलाई वेवास्ता गर्दै आफ्नो पद, प्रतिष्ठा मात्र खोज्ने केही प्रहरीका अधिकृतहरुका कारण नै संगठनका कार्यक्रमहरु प्रभावहीन हुँदै गएका हुन् । यो भन्दा बढि त नेपाल प्रहरीमा पर्ने राजनीतिक प्रभावका कारण प्रहरी संगठनको छवि धुमिल हुँदै गएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);