काठमाडौं, १३ कात्तिक । राष्ट्रिय जनता पार्टी, नेपालले सरकार संघीयतालाई कमजोर बनाउने गतिविधिमा संलग्न रहेको आरोप लगाएको छ । सरकार समर्थक राष्ट्रिय जनता पार्टी, नेपालका नेता महेन्द्रराय यादवले संघीयतालाई कमजोर बनाउने गतिविधिमा सरकार आफैं संलग्न रहेको बताएका हुन् ।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले कर बढाएको, महंगी नियन्त्रण गर्न नसकेको, निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे ।
नेता यादवले संवैधानिक व्यवस्था अनुसार संघीयताका लागि आवश्यक नीति, निर्देशन र कानुन निर्माणको काममा ढिलाई नगर्न सरकारलाई सुझाव दिए । नेता यादवले अस्थायी कर्मचारीहरुलाई पदबाट हटाउनु नहुनेमा जोड दिए ।




