नापी कार्यालय लहानका सर्वेक्षक घुस सहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नापी कार्यालय लहानका सर्वेक्षक घुस सहित पक्राउ

सिरहा, १३ कात्तिक ।  नापी कार्यालय लहानका सर्वेक्षक देवनारायण चौधरी घुस सहित पक्राउ परेका छन् । बर्दिवास स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मगंलबार नापी सर्वेक्षक चौधरीलाई २ लाख घुससहित पक्राउ गरेको हो ।

टोलीले चौधरीलाई नापी कार्यालयबाटै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ । श्रेस्तामा १ बिगाहा ३ कठ्ठा जग्गा हुनुपर्नेमा कर्मचारीकै लापरवाहीले १ कठ्ठा ३ धुर उल्लेख गरिएको थियो ।

सेवाग्राहीले आफ्नो श्रेस्ता सच्चाउन आग्रह गर्दा नमानेपछि पैसाको लोभ दिएको र अख्तियारलाई यसवारे जानकारी गराएका थिए । शुरुमा सेवाग्राहीसँग सर्वेक्षक चौधरीले ५ लाख घुस मागेका थिए । चौधरीले यसरी वषैदेखि रकमको बार्गेनिङ गदै आएको अख्तियारले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);