मंगलबार र बुधबार मतदाता परिचय–पत्र वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मंगलबार र बुधबार मतदाता परिचय–पत्र वितरण

काठमाडौं, १९ मंसिर । दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा आजदेखि मतदाता परिचय–पत्र वितरण गरिएको छ । निर्वाचन आयोगले सम्बन्धित मतदान केन्द्रबाट आज र भोलि मतदातालाई परिचय–पत्र वितरण कार्य जारी रहने जनाएको छ ।

गत भदौ ३ गतेसम्म नाम दर्ता गरी भदौ ५ गते १८ वर्ष उमेर पुगेका एवं नामावली सार्न र सच्याउन निवेदन दिएका मतदाताको परिचय–पत्र सम्बन्धित केन्द्रबाटै वितरण गरिने आयोगको भनाई छ ।

स्थानीय तहको निर्वाचनमा परिचय–पत्र लिएकाले भने सोही परिचय–पत्रका आधारमा मतदान गर्न पाउने आयोगले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);