भरतपुर पुगेर अध्यक्ष ओलीले मागे प्रधानमन्त्री देउवाको राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भरतपुर पुगेर अध्यक्ष ओलीले मागे प्रधानमन्त्री देउवाको राजीनामा

kp oli

काठमाण्डौँ, १८ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक फेल हुँदा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिने आँट गर्न नसकेको आरोप लगाएका छन् ।

 

अध्यक्ष ओलीले विदेशी भूमिका गएर संसदको निर्णयको धज्जी उडाउने काम देशका प्रधानमन्त्रीले गर्नु कुनै पनि हिसावले सुहाउने विषय नभएको पनि पुन जिकिर गरे । आईतबार विहान चितवनको भरतपुर विमानस्थलमा स्थानीय संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले विदेशी भूमिका गएर गिडीगिडी गर्नु भन्दा त प्रधानमन्त्रीले संविधान संशोधन जस्तो महत्वपूर्ण विषय संसदमा फेल भएपछि नैतिकताको आधारमा राजीनामा दिएको भए उपयुक्त हुने धारणा राखे ।

 

अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग लिखित भाषण नै छाडेर संविधान संशोधनको विषयलाई उठान गरेकाले आफूले आपत्ति जनाउनु परेको पनि स्पष्ट पारे ।

 

फरक प्रसंगमा अध्यक्ष ओलीले राज्यसत्ताकै संरक्षणमा आयल निगमको जग्गा खरिदमा अनियमितता भएको आरोप पनि लगाए । उनले राज्य शक्तिको दुरुपयोग गरेर हुने भ्रष्टाचार रोक्न कठिनाई हुने पनि उल्लेख गरे ।

 

अध्यक्ष ओलीले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपयुक्त नभएको उल्लेख गर्दै समय आएपछि आफ्नो पार्टीले त्यसलाई सुधार गर्दैै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);