सञ्चार मन्त्री नै कै‍‌ची लिएर बिजुलीको पोलमा चढेपछि (फोटो फिचर)  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सञ्चार मन्त्री नै कै‍‌ची लिएर बिजुलीको पोलमा चढेपछि (फोटो फिचर) 

काठमाडौँ, १८ भदौ ।

काठमाण्डौँ, १८ भदौ । सरकारले राजधानीका सकडका पोलमा अव्यवस्थित र अवैध रुपमा टांगिएका तार हटाउन सुरु गरेको छ ।

 

शहर नै कुरुप बनाउने गरी सडकका पोलमा टांगिएका अबैध तार व्यवस्थित गर्न दिएको समय सीमाभित्र काम नभएपछि सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत आफैं तार काटेर उपत्यकाको तार व्यवस्थापनको काम सुरुवात गरेका हुन् । सरोकारवालाहरु सबैलाई बोलाएर संयुक्त बैठक गरि उपत्यकाका सडकमा असरल्ल र अव्यवस्थित बनेका तार व्यवस्थित गर्न निर्देशन दिएको थियो । निर्देशन कार्यान्वयन नभएपछि मन्त्री बस्नेत आफै तार हटाउन सक्रिय भएका हुन् । यसबाट शहर व्यवस्थित हुनुको साथै राजश्व असुली बढ्ने विश्वास सरकारले लिएको छ ।

 

सञ्चारमन्त्री बस्नेत सहितको प्राविधिक टोलीले आईतचबार माइतीघर बबरमहल क्षेत्रका अबैध तार काट्ने र मिलाउने काम गरेको छ । भौतिक तथा पुर्वाधार, स्थानिय र उर्जा मन्त्रालयसंग समन्वय गरी तार व्यवस्थापनको काम सुरु गरेको मन्त्रालयलले यो अभियान राजधानी संगै मुलुकभर संचालन गर्ने बताएको छ । पोलमा अरसल्ल परेका मध्ये ६० देखि ७० प्रतिशत तार काम नलाग्ने र प्रयोग विहिन हरेको पनि मन्त्रालयले जनाएको छ । नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले जमिन मुनिबाट तार व्यवस्थापन गर्नका लागि नेपाल विद्युत् प्राधिकरण संग मिलेर दीर्घकालिन योजना बनाउन तर्फ लागेको बताए ।

 

 

 

 


संचार सचिव रामचन्द्र ढकालले यो अभियानले तार व्यवस्थापन गर्नुको साथै शुल्क नतिर्ने, विना सम्झौता पोलमा तार टांग्ने प्रवृतिको अन्त्य गर्नुको साथै सबै सेवा प्रदायकहरुलाई कानुनी दायरामा ल्याउने विश्वास व्यक्त गरे ।

 

राजधानी काठमाण्डौ उपत्यकाको तार व्यवस्थापन गर्न सूचना तथा सञ्चार मन्त्रालय नीति योजना अनुगमन तथा मूल्यांकन शाखाले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय मार्फत गत साउन ३२ को चलानी नम्बर ३४ को पत्रानुसार काठमाण्डौ उपत्यकाको सडक छेउका पोलहरुमा रहेका तार व्यवस्थापन गर्न सरोकारित निकायलाई पत्राचार गरेको थियो । मन्त्रालयले केबल टिभी, इन्टरनेट सेवाप्रदायक , दुरसंचार सेवा प्रदायक लगायतको तार तथा केबलहरु अव्यवस्थित रुपमा झुण्डिरहेको कारण सहरको सौन्र्दय विगार्नुका साथै आगलागी तथा सडक दुर्घटना समेत हुन सक्ने संभावना भएकाले ती तारहरुको व्यवस्थापन गर्ने निर्णय भए बमोजिम कार्यान्वय गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको थियो । निर्देशन कार्यान्वयन नभएपछि मन्त्री स्वयम तार काट्न सक्रिय भएका हुन् ।

 

तस्विर : रोशन सापकोटा

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);