एकतामा आएका नेता–कार्यकर्तालाई यस्तो जिम्मेवारी दिने माओवादीको तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एकतामा आएका नेता–कार्यकर्तालाई यस्तो जिम्मेवारी दिने माओवादीको तयारी

काठमाडौँ, १८ भदौ । माओवादी केन्द्रसँग एकतामा आएका विभिन्न पार्टीका नेता–कार्यकर्ताको जिम्मेवारी बाँडफाँडका लागि एक कार्यदल गठन गरिएको छ। माओवादी हेडक्वार्टर विघटनपछिको पहिलो केन्द्रीय सचिवालय बैठकले नेता वर्षमान पुनको संयोजकत्वमा ६ सदस्यीय एकता संगठन समायोजन कार्यदल गठन गरेको प्रदेश नं. २ संयोजक विश्वनाथ साहले बताए।

 

कार्यदलमा पुनसहित देवेन्द्र पौडेल, रामचन्द्र झा, रामेश्वर राय यादव, विश्वभक्त दुलाल आहुति र भरत साह रहेका छन्। कार्यदलले एक साताभित्र अध्ययन गरी जिम्मेवारी दिने विषयमा प्रतिवेदन बुझाउने भएको छ।

 

पछिल्लो समय एकतामा आएका र प्रवेश गरेका नेता तथा कार्यकर्ताले जिम्मेवारी नपाएपछि माओवादीले यस्तो निर्णय गरेको हो। आजको नयाँ पत्रिकामा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);