नेतृत्व विवादका मिलाउन जसपालाई सकस, पार्टी त जुट्यो, तर नेता व्यवस्थापन कठिन (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

नेतृत्व विवादका मिलाउन जसपालाई सकस, पार्टी त जुट्यो, तर नेता व्यवस्थापन कठिन (भिडियोसहित)

ईमाउन्टेन टीभी टिप्पणी

मधेशवादी दलमा क्षेत्रीय राजनीति गर्दै आएका दलहरु समेत बनेको जनता समाजवादी पार्टी जसपाको विवाद सतहमा आउन थालेका छन् । सिद्धान्त नमिलेपनि पार्टी एकतामा हतारिएको कारण नै असन्तुष्टिका आवाज चर्किन थालेका यतिबेला चर्चा भैरहेको छ ।

जुट र फुटको लगभग पर्याय नै बनेका मधेशवादी दलहरु मिलेर बनेको जनता समाजवादी पार्टी जसपामा फेरि असन्तोषका झिल्काहरु देखिन थालेका छन् । महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी, शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी लगायतका पार्टीहरु बीच एकता गर्ने क्रममा भएका मोलमोलाई र नेतृत्व सम्बन्धी विवादकै कारण हरेक पटक एकताको घोषणा मितिलाई पटकपटक सार्दै झण्डै दुई वर्षपछि एकता सूत्रमा बाँधिएका यी पार्टीभित्र असन्तोष बढ्दै गएको छ ।

जसपामा मिसिएको ठूलो घटक उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादीका नेताहरु एकता भएकै समयदेखि नै पदीय व्यवस्थापनमा अपनाइएको मापदण्डका कारण असन्तुष्ट रहँदै आएका थिए । पछिल्लो समय समाजवादीमै मिसिएका महतो र महन्थ ठाकुर समूहले संघीय समाजवादीका वरिष्ठ नेताहरुलाई पन्छाउँदै डा. बाबुराम भट्टराईलाई नेतृत्वमा स्थापित गर्ने प्रयास गरिरहेको छ । पुराना नेता तथा कार्यकर्ताको मानमर्दनको प्रयास गर्ने क्रममा नेता उपेन्द्र यादवले ध्यान नदिएकोमा कतिपय नेताहरु यादवबाटै टाढिंदै गएका छन् ।

विगतमा नाकाबन्दीको समयमा मधेश क्षेत्रका तत्कालीन नेतृत्वले दुरगामी सोच नेदेखाई नाकाबन्दीलाई नै भरथेग हुने गरी गतिविधि सञ्चालन गरेका थिए । यस्तै कोरोना महामारी रोक्न भारत र नेपाल सरकारबीचकै सहमतिमा सीमा बन्द गरिएकोमा जसपाले सीमा खोल्न कार्यकर्ता खटाएकोमा समेत पार्टी भित्र समेत असन्तुष्टि चुलिएको छ । सीमा खोल्दा सबैभन्दा बढी मार पर्ने मधेशी जनता नै भन्दै पार्टीकै केही नेताहरुले यसलाई तुरुन्तै बन्द गर्नुपर्ने भन्दै नेतृत्वसामु गरेको अनुरोधको समेत कुनै सुनवाई भएन ।

पार्टी भित्र नेता ब्यवस्थापन, जिम्मेवारी बाँडफाँड लगायतका बिषयमा असन्तुष्ट नेताहरु यतिबेला सीमानमा देखिएको नेताहरुको चर्तिकला समेतबाट आजित हुँदै त्यसैलाई विग्रहको बिउ बनाउने सोचमा लागे भने, त्यो आश्चर्य हुने छैन । उसै पनि मधेशवादी दलबीचको एकतामा स–साना बिषयले नै प्रभाव पार्ने गरेका छन् । ठूला बिषय वा विचारले एकताको निरन्तरतामा कुनै प्रभाव छाडेको ईतिहास छैन । यसैले यस पटक पार्टी भित्रको जिम्मेवारी र ब्यवस्थापनलाई लिएर असन्तुष्ट हुँदै आएका नेताहरुले पछिल्लो समय राष्ट्रियहीत विपरित सिमानामा देखाएको जात्रालाई समेत आफ्नो एजेण्डको बिषय बनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);