कृषक लक्षित आयोजना कार्यान्वयन किसान सरकारी अनुदानबाट वञ्चित (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कृषक लक्षित आयोजना कार्यान्वयन किसान सरकारी अनुदानबाट वञ्चित (भिडियाेसहित)

काठमाडाैं,१८ मंसिर। सरकारले बेलाबेलामा किसान लक्षित कार्यक्रम आयोजना गर्ने गरेको छ । अर्बौंका ती आयोजनाको प्रभावकारीता हुन नसक्दा सरकारले खर्च गरेको धनराशीबाट किसानले लाभ लिन सकेका छैनन् ।

सरकारले तीन वर्षअघि विश्व बैंकको सहयोगमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना सुरु गरेको थियो । तर यसको काम भने हाल आएर मात्र सुरु हुने भएको छ । इमाउन्टेनसगँ कुरा गर्दै राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतले कृषकलक्षित यी आयोजना सुरु भएपनि कार्यान्वयन हुन नसक्दा कृषकले पाउने भनिएको अनुदान पाउन नसकेकाे बताउनु भयाे ।

सरकारले कृषकलाई प्रोत्साहन गर्ने भनेर २०६६ सालमा व्यावसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट आयोजना सुरु गरेको थियो । तर यो आयोजनाले पनि कृषका लागि उल्लेख्य रुपमा केही गर्न सकेन । प्याक्ट आयोजना २०७५ असारमा फेज आउट भएपछि सरकारले नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना ल्याएको हो ।

यसको सञ्चालन अवधी २०८० सालसम्म रहेको छ । यो आयोजना देशका २८ जिल्लामा मात्र लागु छ । ८ करोड डलरको यो आयोजनामा नेपाल सरकारको १ करोड डलर लगानी रहेको छ । आयोजनाले कृषि समूह वा कृषि सहकारीलाई न्यूनतम एक लाखदेखि एक करोडसम्म अनुदान दिने जनाएको छ ।

अनुदान लिनका लागि किसानले २० प्रतिशत बैंकमा जम्मा गरेको हुनु पर्ने, ३० प्रतिशत बैंकबाट ऋण लिएको हुनुपर्ने र ५० प्रतिशत मात्रै आयोजनाले अनुदान काम सकिएपछि मात्र बैंक मार्फत मात्र भुक्तानी दिइने भएका अनियमितता नहुने आयोजना निर्देशक डा. डिल्लीराम सेढाईले बताउनु भयाे ।

सरकारले कृषि क्षेत्र उत्थानका लागि अनेक कार्यक्रम ल्याएपनि नेपाली कृषकहरु प्रतिस्पर्धी बन्न सकेका छैनन् । यसो हुनुमा गैर कृषकले पनि सरकारको अनुदानको दुरुपयोग गर्नेगरेको आरोप लाग्ने गरेको छ ।

यो समस्या समाधानका लागि परिचयपत्र दिइ सेवा सुविधा दिने र वास्तविक किसान छुट्याएर मात्रै अनुदानको कार्यक्रम ल्याउनु आवश्यक छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);