संघीय ढाँचा अनुसार पत्रकार महासंघको पुन संरचना गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

भक्तपर, ८ भदौ । नेपाल पत्रकार महासंघले सबै स्थानीय तहमा संगठनात्मक संरचना बनाउने भएको छ ।

 

बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले संघीय ढाँचा अनुसार सबै स्थानीय तहमा महासंघको पुनर्संरचना गर्ने जनाएका छन् । उनले महासंघलाई आम पत्रकारहरुको साझा संस्थाको रुपमा स्थापित गराउन आफू लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । आचार्यले महासंघको सदस्यता वितरणमा पनि कडाई गर्ने योजना सुनाए । उनले क्रियाशील पत्रकारहरुलाई मात्रै सदस्यता दिएर महासंघमा गैर पत्रकारहरुको प्रवेशमा रोक लगाउने घोषणा गरेका हुन् ।

 

उनले महासंघलाई श्रमजीवि पत्रकारहरुको हितमा केन्द्रित गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);