कांग्रेस अधिवेशन : तेह्रथुम सभापतिमा तुम्बाहाम्फे र ढुंगाना भिड्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कांग्रेस अधिवेशन : तेह्रथुम सभापतिमा तुम्बाहाम्फे र ढुंगाना भिड्ने

तेह्रथुम । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा जिल्ला अधिवेशन र प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी घोषणा गरेका नेताहरू भोट माग्न थालेका छन् । उम्मेदवारहरूले जिल्लाको पालिकाहरूमा भेटघाट र भोट माग्ने कामलाई तीव्रता दिँदै आएका छन् ।

शुक्रबार हुने निर्वाचन क्षेत्र प्रदेशसभा र ६ मंसिरमा  हुने जिल्ला अधिवेशनको लागि उम्मेदवारहरू आआफ्नो तयारीले जुटिरहेका छन् । उम्मेदवारले आफ्नो नेतृत्वलाई विजयी गराउन फोन, म्यासेज र सामाजिक सञ्जाल मार्फत आग्रह गर्दै आएका छन् ।  

एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा आउने सोमबार हुने जिल्ला अधिवेशनका लागि सभापतिका लागि अर्जुन तुम्बाहाम्फे र कमल ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै ३ मंसिर शुक्रबार हुने निर्वाचन क्षेत्र प्रदेश सभा (क) मा नारायण सुब्बा र कमल बाँनियाँले आफ्नो उम्मेदवारी सार्वजानिक गरेका छन् ।

प्रदेशसभा (ख) मा भुवानसिं चोङबाङ र चन्द्र मादेम्बाले सार्वजानिक गरेका छन् । जिल्लामा रहेका ४३ वटै वडाहरू र पालिकाहरूमा सर्वसहमत नेतृत्व चयन गरेको कांंग्रेस तेह्रथुमले निर्वाचन क्षेत्र प्रदेशसभा र जिल्ला कार्यसमितीको नेतृत्व चयनका लागि सर्वसहमत गर्ने प्रयासमा जुटिरहेको जिल्ला सचिव सन्तोष सुब्बाले बताए । 

अधिवेशनमा प्रदेशसभा (क) अन्तर्गत म्याङलुङ नगरपालिकाबाट १७६ लालिगुराँस नगरपालिकाबाट १५१ र छथर गाउँपालिकाबाट ९७ जना गरी ४२४ जना क्षेत्रीय प्रतिनिधि छन् । त्यस्तै प्रदेशसभा (ख) आठराई गाउँपालिकाबाट ११८ फेदाप गाउँपालिकाबाट ८५ र मेन्छ्यायेम गाउँपालिकाबाट १०६ गरी ३०९ जना क्षेत्रीय प्रतिनिधि छन् । प्रदेशसभा र जिल्ला अधिवेशनमा कुल ७३३ जना क्षेत्रीय प्रतिनिधिहरूको सहभागिता रहने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);