बिहीबार पनि घट्यो सुनको मूल्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

बिहीबार पनि घट्यो सुनको मूल्य

काठमाडौं, २० फागुन । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोलामा १ हजार रुपैँयाले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य प्रतितोला १ हजार रुपैँयाले घटेर ८६ हजार ५ सय रुपैँया निर्धारण गरेको छ ।

बुधबार सुन प्रतितोलामा ५ सय रुपैँयाले मूल्य बृद्धि भएर ८७ हजार ५ सय रुपैँयामा कारोबार भएको थियो । बिहीबार लागि तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ५० रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी बुधबार प्रतितोला १३ सय १५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्यमा पनि बिहीबार ३० रुपैँयाले गिरावट आएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैँया निर्धारण गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);