सुनको मूल्य हालसम्मकै उच्च | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं, २९ गते । बिहीबार सुनको मूल्य प्रतितोलामा १ हजार रुपैयाँ बढेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला ८९ हजार १६५ रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेर ९५० रुपैयाँ पुगेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ६ सय रुपैयाँ थियो । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार १६० रुपैयाँ थियो । विश्व बजारमा सुनको मूल्य बढेकाले नेपालमा मूल्य चुलिएको हो । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);