साताको पहिलो दिन निराश बनाएको शेयर बजारले सोमबार पनि निराश | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

साताको पहिलो दिन निराश बनाएको शेयर बजारले सोमबार पनि निराश

nepal stock exchange

काठमाडाैं, २ चैत । साताको पहिलो दिन लगानीकर्तालाई निराश बनाएको शेयर बजारले सोमबार पनि निराश बनाएको छ ।

आईतबार नेप्से सूचक झरेर २ हजार ४ सय ७ अंकमा पुगेकोमा सोमबार कारोबार बन्द हुँदाको अबस्थामा अघिल्लो दिनको तुलनामा १८ दशमलव ७ बिन्दुले घटेर २ हजार ३ सय ८९ दशमलव १९ विन्दुमा अडिएको छ ।

सोमबार शेयर बजारमा ४ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार गरेको छ । सोमबार कुल २ सय १२ कम्पनीको ९६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । नेप्सेले निर्धारण गरेका कुल १३ समूहमध्ये ५ समूहको सूचक वृद्धि र ८ समुहको कारोबार घटेको छ ।

४ कम्पनीको भाउ ९ प्रतिशत भन्दा माथि वृद्धि भएको छ । खरिदबिक्री रकममा ४३ करोड ६२ लाख रुपैयाँभन्दा बढीसहित नेपाल इन्फ्रास्टक्चर बैंक अग्रस्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);