साताको पहिलो दिन नेप्से परिसूचक ५१ अंकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

साताको पहिलो दिन नेप्से परिसूचक ५१ अंकले घट्यो

stock_exchange_nepse

काठमाडौं, १ चैत । गत फागुन ९ गते नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकले कायम गरेको उच्च विन्दू २ हजार ६ सय ४० दशमलब ३५ अंक आइतबार घटेर २ हजार ४ सय ७ दशमलब २५ विन्दुमा झरेको छ ।

सूचकको गिरावटसँगै लगानीकर्ताको कारोवारमा समेत रुची घटेको देखिएको छ । सूचक र कारोबार दुबैमा आएको कमीलाई हेर्दा लगानीकर्ताहरु ‘पर्ख र हेर’ को अवस्थामा बसेको छनक मिलेको छ ।

नेप्सेले उच्च बिन्दु हासिल गरेका बेला नाफा बुक गरेकाहरु बजार प्रवेश नगरेकै कारण बजारले लय नसमातेको अनुमान पनि गर्न थालिएको छ । योसँगै शेयर धितो राखेर बैंकबाट कर्जा लिएर शेयरमा कारोवार गर्ने लगानीकर्ताहरु बैंक ब्याज बढ्ने हल्लासँगै हच्केका कारण पनि यस्तो अवस्थामा आएको अनुमान पनि गर्न थालिएको हो ।

आईतबार ४ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको बजारमा २ सय ११ कम्पनीको ९९ लाख कित्ताभन्दा बढी सेयर किनबेच भएको छ । ५ कम्पनीको भाउ ९ प्रतिशत भन्दा बढीले विस्तार भएको छ ।

आईतबारको कारोवारमा चन्द्रागिरीको ९ दशमलव ९५ प्रतिशतले बढेर ८ सय ८४ रुपैयाँ प्रतिकित्ता पुगेको छ भने अपर तामाकोसीको सेयर मूल्य पनि ९ दशमलव ८५ प्रतिशतले बढेको छ ।

यसका पछिपछि पञ्चकन्या माई हाइड्रो पावर, घलेम्दी हाइड्रो र रैराङ हाइड्रोको पनि ९ प्रतिशत भन्दा माथि उक्लेका छन् । आइतबार ४ अर्ब ९५ करोड २७ लाख रुपैयाँ बरारबको सेयर किनबेच भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);