राजनैतिक उथलपुथलले साताको शेयर बजार प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

राजनैतिक उथलपुथलले साताको शेयर बजार प्रभावित

काठमाडौं, १४ फागुन । राजनैतिक उथलपुथलले यो साताको शेयर बजारलाई प्रभावित बनाएको देखिएको छ । गत साता २ हजार ६ सय ३६ दशमलव ६८ अंकमा बन्द भएको बजारको सूचक यो साता ३ दशमलव १३ प्रतिशतले घटेर २ हजार ५ सय ५४ दशमलव १४ विन्दुमा बन्द भएको छ ।

साताको अन्तिम दिन बजार पुँजीकरण ३५ खर्ब १९ अर्ब रुपैयाँ भन्दा बढी कायम भएको छ । मुलुकमा देखिएको प्रमुख राजनीतिक मुद्दाको छिनोफानो भएपछि शेयर बजार स्वभाविक करेक्सन तर्फ बढेको देखिएको छ ।

यस साता हाइड्रोपावर बाहेक बाँकी सबै समूहमा गिरावट आएको छ । हाइड्रोपावर समूह भने गत साताको तुलनामा ३ दशमलब ४० प्रतिशतले बढेको छ । बैंकिङ समूहमा सबैभन्दा धेरै ४ दशमलब ६४ प्रतिशतले गिरावट आएको छ ।

त्यसपछि, जीवन बिमा समूह ४ दशमलब ६२ प्रतिशत र विकास बैंक समूह ३ दशमलब ४६ प्रतिशतले घटेका छन् । यो साता धेरै कमाउनेको सूचीमा चन्द्रागिरी हिल्सका लगानीकर्ताहरु परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);