जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाललाई विश्व बैंकद्धारा ५ अर्ब २२ करोड रुपैयाँ सहयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाललाई विश्व बैंकद्धारा ५ अर्ब २२ करोड रुपैयाँ सहयोग

काठमाडाैं, १४ फागुन । विश्व बैंकले वनमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि फरेस्ट कार्बन पार्टनरशीप फेसिलिटी अन्तर्गत नेपाललाई ५ अर्ब २२ करोड रुपैयाँ सहयोग दिने भएको छ ।

नेपालले वन फँडानी र वनविनाशले निम्त्याउने कार्बन उत्सर्जन न्यूनीकरणका लागि सन् २०२५ सम्म यस सहयोग अन्तर्गत काम गर्न सक्नेछ । चार वर्षमा ९० लाख टन कार्बन उत्सर्जन घटाए नेपालले विश्व बैंकबाट ५ अर्ब २२ करोड रुपैयाँ पाउने सम्झौतामा उल्लेख छ ।

कार्बन उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौतामार्फत् नेपालले तराई क्षेत्रमा ९० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन न्यूनीकरण गर्नेछ ।

सम्झौतापत्रमा वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र विश्व बैंकका नेपाल, मालदिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले शुक्रबार हस्ताक्षर गर्नुभएको छ । यो सहयोगले नेपालमा वनफँडानी, वनविनाशलाई न्यूनीकरण गर्नुका साथै समुदायमा आधारित वन विकासका कार्यक्रमलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।

यो कार्यक्रम अन्तर्गत नेपालले तराइको २४ लाख हेक्टर क्षेत्रमा वनफँडानी र वनविनाशको दर न्यूनीकरण गर्नेछ साथै वन क्षेत्रले ओगटेको २० प्रतिशत भूभागमा वन संरक्षण गरिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);