वर्षको अन्तिम कारोवार अहिलेसम्मकै उचाईमा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

वर्षको अन्तिम कारोवार अहिलेसम्मकै उचाईमा

stock-nepse-market

काठमाडौं, ३१ चैत । यो वर्षको अन्तिम कारोबार गरेको शेयर बजारले आजसम्मकै पहिलो उचाई कायम गरेको छ । मंगलबार बजारमा नेप्से परिसुचक २३ दशमलव २३ अंकले वृद्धि भई २७१४ दशमलव ७९ विन्दुमा पुगेको छ । यो अहिलेसम्मकै सर्वाधिक विन्दु हो ।

सुचकांक बढेसँगै कारोवार अंकमा समेत उत्साहजनक वृद्धि देखिएको छ । वर्षको अन्तिम दिन मंगलबार शेयर बजारमा २०९ वटा कम्पनीका १ करोड ४६ लाख ९१ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ ।

सोमबारको कारोवारमा बाणिज्य तथा विकास बैंक चम्किएका छन् । नेप्सेमा सुचिकृत १३ मध्ये ६ समूहका सूचकमा वृद्धि आएको छ । ५ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएका छन् ।

कारोबार रकममा २८ करोड ६२ लाख रुपैयाँभन्दा बढीसहित नबिल बैंक अग्रस्थानमा रहेको छ । दोस्रोमा नेपाल बैंक र तेस्रोमा एनआइसी एसिया बैंक रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);