कारोबार बढेसँगै नेप्सेमा रौनकता थपियो | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

कारोबार बढेसँगै नेप्सेमा रौनकता थपियो

nepal stock exchange

काठमाडाैं, १७ चैत । मंगलबार नेप्से सूचकमा ३२ दशमलव १५ अंकले वृध्दि भई २५७५ दशमलव ६६ विन्दुमा उक्लेको छ । यो साताको सरदर शेयर कारावारका तुलनामा मंगलबार रकममा पनि वृध्दि भएको छ । मंगलबार ६ अर्ब १८ करोड रुपैयाँभन्दा बढीका १ करोड २२ लाखभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ ।

कारोवारमा ट्रेडिङ र उत्पादनमूलक समुहले खासै चमक ल्याउन नसकेपनि निर्जीवन बिमा समूह ३९८ दशमलव ३२ अंकले वृद्धि भएको छ । यो मंगलबारको सबै भन्दा ठुलो कारोवार हो । यस्तै माइक्रोफाइनान्स, हाइड्रोपावर, जीवन बिमा लगायतका समूहले पनि आफुलाई सुधारेका छन् । ७ कम्पनीको मुल्य ९ प्रतिशत भन्दा माथी पुग्नाले सर्किट नै लाग्ने तहमा पुगेको थियो ।

कारोवार रकममा ४८ करोड रुपैयाँभन्दा बढीसहित निफ्रा अगाडि रहेको छ । यस्तै, दोस्रो र तेस्रो स्थानमा क्रमशः निर्धन उत्थान र एनएलजी इन्सुरेन्स रहेका छन् । बिगतका केही दिन देखि साईबेजमा रहेको सेयर बजारमा मंगलवारको कारोवारले लगानीकर्तालाई उत्साहित बनाएको छ ।

मंगलबारको कारोवारले बिगत केहिदिन देखिको घटबढको अबस्था अर्थात साइवेजको अवस्था पूरा गरेर बुलिस टे«ण्ड तर्फ उक्लिने संकेत दिएको छ । नेप्सेमा देखिएको सुधारको संकेतसँगै अझै १–२ दिनको अध्ययनपछि नेप्सेको आगामी प्रवृत्तिका बारेमा स्पष्ट हुने विश्लेषकहरुको धारणा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);