प्रतितोलाको ९२ हजार पुग्यो सुन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रतितोलाको ९२ हजार पुग्यो सुन

काठमाडौं । सोमबार सुनको मूल्यमा २ सय रुपैँया वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य २ सय रुपैँयाले बढेर प्रतितोलाको ९२ हजार रुपैँया निर्धारण गरिएको छ ।

यसअघि आइतबार सुनको मूल्यमा सय रुपैँयाले बढेर ९१ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यसैगरी सोमबार चाँदीको मूल्य १५ रुपैँयाले बढेर १ हजार ३ सय ६० रुपैँया निर्धारण गरिएको छ । यसअघि आइतबार चाँदी प्रतितोलाको एक हजार ३ सय ४५ रुपैँयामा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);