खुडोल फाँटमा सांकेतिक विरोध स्वरुप धान रोपाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

खुडोल फाँटमा सांकेतिक विरोध स्वरुप धान रोपाई

dhan ropai

काठमाडौं, ३ साउन । ललितपुरको खुडोल फाँटमा शनिबार खोकनावासीले सांकेतिक विरोध स्वरुप धान रोपेका छन् । यसअघि खुडोल फाँटमा धान रोप्न जाँदा प्रहरी र स्थानीयबीच झडप भएको थियो । तर शनिबार खुडोल क्षेत्रमा प्रहरीको उपस्थिती नभएपछि खोकनावासीले धान रोपेका हुन् ।

खुडोल फाँट काठमाडौं–तराई जोड्ने द्रुतमार्गको ‘जिरो किलोमिटर’ भएकाले सो क्षेत्रको जग्गा सरकारले अधिग्रहण गरेको छ । तर, स्थानीयले भने मुआब्जा लिइसकेका छैनन् ।स्थानीयले सरोकारवालासँग छलफल नै नगरि एकलौटी ढंगबाट तयार गरेको मुआब्जा स्वीकार नगर्ने बताउदै आएका छन् ।

त्यसैगरी फास्ट ट्रयाकसँगै वाग्मती करिडोर, १ सय ३३ केभी प्रसारण लाइन, बाहिरी चक्रपथको विन्दु पनि खोकना फाँटमै पर्ने भएकाले इतिहास र मौलिक बस्तीको अस्तित्व सखाप हुने भन्दै स्थानीयले विरोध जनाउँदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);