विवेकशील साझाले बुझायो अख्तियार समक्ष ध्यानाकर्षण पत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विवेकशील साझाले बुझायो अख्तियार समक्ष ध्यानाकर्षण पत्र

bibeksheel-akhityar

काठमाडौं, १४ फागुन । विवेकशील साझा पार्टीले भ्रष्टाचारमा मुछिएकाहरुलाई तत्काल कार्वाहीको दायरामा ल्याउन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएको छ ।

विवेकशील साझा पार्टीको प्रदेश नम्बर ३ नेतृत्वको टोलीले मंगलबार भ्रष्टाचारमा मुछिएकाहरुलाई राजनीतिक प्रभावमा नपरी स्वतन्त्र र निष्पक्ष ढंगले अनुसन्धान गरी तत्काल कार्वाहीको दायरामा ल्याउन माग गर्दै आयोगमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

आयोगका प्रवक्ता रामेश्वर दंगाललाई बुझाइएको ध्यानाकर्षण पत्रमा आर्थिक अनियमितता र पदीय दुरुपयोगको घटनाको अनुसन्धानलाई थप सशक्त र प्रभावकारी बनाउन पनि माग गरिएको छ ।

विवेकशीलले वाईडबडी जहाज खरिद प्रकरण, ३३ किलो सुन तस्करी, एनसेलको लाभांश कर, नेपाल आयल निगमको जग्गा खरिद प्र्रक्रियामा अर्बाैको भ्रष्टाचार भएको भन्दै दोषीलाई तत्काल कार्वाहीको दायरामा ल्याउन आयोगलाई दवाव दिँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);