आगामी वैशाखमा हुने निर्वाचनलाई सफल बनाउन आव्हान : गृहमन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

आगामी वैशाखमा हुने निर्वाचनलाई सफल बनाउन आव्हान : गृहमन्त्री थापा

काठमाडाैं, २८ पुष । गृहमन्त्री रामबहादुर थापाले आगामी वैशाखमा हुने निर्वाचनलाई सफल बनाउन आव्हान गर्नुभएको छ । मंगलबार ललितपुरमा आयोजित अखिल नेपाल खेलकुद महासंघको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तो भनाई राख्नु भएको हो ।

सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरिसकेको छ । देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा खेलाडीहरुले साथ चाहिने भएकाले खेलाडीलाई सशक्त रुपमा लाग्नका लागि उहाँले आव्हान समेत गर्नुभयो । मन्त्री थापाले देशलाई विकासको दिशामा अघि बढाउनका लागि राजनीतिक स्थायित्व जरुरी भएको बताउनुभयो ।

उहाँले राजनीतिक स्थायित्वको लागि समेत प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभित्र खेलाडीहरुलाई आव्हान गर्नुभएको हो । युवा खेलकुद तथा मन्त्री दावा लामा तामाङले खेलाडीका लागि दत्तचित भएर सहयोग गर्ने बताउनुभयो ।

यस्तैगरी अखिल नेपाल खेलकुद महासंघका संयोजक कालिबहादुर घर्ति मगरले खेलकुदका गतिविधिलाई स्थानीय तहसम्म पु¥याउन पहल गर्ने बताउनुभयो । संयोगक घर्तीमगरले संस्थाको गतिविधि प्रदेश, जिल्ला र वडा तहसम्म पु¥याउने बताउँदै संगठनको काम तथा भूमिका बारे जानकारी दिनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);