प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला कांग्रेसलाई स्वीकार्य : सभापति देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला कांग्रेसलाई स्वीकार्य : सभापति देउवा

sher bahadur deuwa

काठमाडाैं, २८ पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला कांग्रेसलाई स्वीकार्य हुने बताउनुभएको छ ।

मंगलबार कांग्रेस केन्द्रीय खेलकुद विभागले बाह्रबिसे नगरपालिका–४ पलाँतीमा आयोजना गरेको कार्यक्रममा देउवाले सर्वोच्च आउने जस्तोसुकै फैसला स्वीकार्न कांग्रेस तयार रहेको बताउनुभएको हो ।

लोकतान्त्रिक पद्धतिमा सडक आन्दोलनबाट अदालतलाई दबाब दिन नहुनेमा सभापति देउवाको जोड रहेको छ ।

देउवाले अदालतमा विचाराधीन मुद्दाका विषयमा तर्क वितर्क गर्नु अनावश्यक भएको बताउँदै स्वतन्त्र रहन दिनुपर्ने भनाई राख्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);