राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई बोलाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई बोलाइयो

काठमाडाैं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई बोलाईएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मंगलबार ५० खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको एन्फाले जनाएको छ ।

प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि ५० खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो । नेपाली टोलीले जुलाई १ बाट प्रशिक्षण सुरु गर्ने एन्फाले जनाएको छ ।

एन्फा कम्प्लेक्समा सहभागी खेलाडीलाई दुई समूहमा विभाजन गरेर बिहान र बेलुका हुने प्रशिक्षणमा गरिने एन्फाले जनाएको छ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले परिमार्जन गरेको छनोटको नयाँ नियमसँगै नेपालले सिधै एसियन कपको तेस्रो चरण खेल्ने मौका पाएको हो । यस अघिचौंथो स्थानमा रहेको टिमले प्ले अफ खेल्नु पर्ने नियम रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);