ए डिभिजन लिगको अन्तिम खेलमा मनाङको अप्रत्यासित हार | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ए डिभिजन लिगको अन्तिम खेलमा मनाङको अप्रत्यासित हार

काठमाडौं, २४ पुस । शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दीले अन्तिम खेलमा अप्रत्यासित हार व्यहोरेको छ । दुई खेल अघि नै लिगको उपाधि पक्का गरेको मनाङ मंगलबार फ्रेण्ड्स क्लबसँग १–० गोल अन्तरले पराजित भएको हो । यो हारसँगै मनाङले लिगको सबै खेल जित्ने अवसर गुमाएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुंगिएको थियो । तर, इन्जुरी टाइममा फ्रेण्ड्स क्लबले गोल गरयो । इन्जुरी टाइमको अन्त्यतिर विकास लामाले हेड गोल गर्दै फ्रेण्ड्सलाई अप्रत्यासित जित दिलाए ।

जितसँगै फ्रेण्ड्सले १२ अंकका साथ ११ औं स्थानमा लिग टुंग्यायो भने लिग च्याम्पियन मनाङ ३६ अंकमा रह्यो । उपाधिसंगै मनाङले ५० लाख नगद प्राप्त गरेको छ ।

यस्तै दोश्रो भएको संकटाले ३५ लाख पुरस्कार पाउदा थ्री स्टारले २५ लाख नगद पुरस्कार प्राप्त ग-यो । १४ क्लबले प्रतिस्पर्धा गरेको यो लिगमा विजेता, उपविजेता र तेस्रोसंगै शीर्ष ६ स्थानमा रहने टोलीले नगद पुरस्कार प्राप्त गरेका छन्।

यस्तै पुछारको दुई टोलीले भने ऋण अंक प्राप्त गरेको छ । लिगको पुछारमा मछिन्द्र र एनआरटी रह्यो । उत्कृष्ट खेलाडी र प्रशिक्षकले एक एक थान पल्सर मोटरसाइकल र नगद ५० हजार प्राप्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);