लिगको उत्कृष्ट पाँच मध्ये तीन विधामा मनाङका खेलाडी तथा प्रशिक्षकले बाजी मारे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लिगको उत्कृष्ट पाँच मध्ये तीन विधामा मनाङका खेलाडी तथा प्रशिक्षकले बाजी मारे

काठमाडाैं, २४ पुस । सहिद स्मारक ए डिभिजन लिगको व्यक्तिगत प्रतिस्पर्धामा लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबका खेलाडीले बर्चस्व जमाएका छन् । लिगको उत्कृष्ट पाँच मध्य तीन विधामा मनाङका खेलाडी तथा प्रशिक्षकले बाजी मारेका हुन् ।

अन्य दुई विधामा थ्री स्टार र आर्मी क्लबका खेलाडी उत्कृष्ट चुनिए । प्रतियोगितामा उत्कृष्ट फरवार्ड आर्मीका कप्तान भरत खवास भए । उत्कृष्ट गोलकिपर मनाङका विशाल श्रेष्ठ, डिफेन्डर थ्री स्टारका रञ्‍जित धिमाल, मिडफिल्डर मनाङका हेमन गुरुङ र प्रशिक्षक मनाङका सुमन श्रेष्ठ चुनिए ।

उपाधिसंगै मनाङले ५० लाख नगद प्राप्त गरेको छ । यस्तै दोश्रो भएको संकटाले ३५ लाख पुरस्कार पाउदा थ्री स्टारले २५ लाख नगद पुरस्कार प्राप्त ग¥यो । १४ क्लबले प्रतिस्पर्धा गरेको यो लिगमा विजेता, उपविजेता र तेस्रोसंगै शीर्ष ६ स्थानमा रहने टोलीले नगद पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै पुछारको दुई टोलीले भने ऋण अंक प्राप्त गरेको छ । लिगको पुछारमा मछिन्द्र र एनआरटी रह्यो । उत्कृष्ट खेलाडी र प्रशिक्षकले एक एक थान पल्सर मोटरसाइकल र नगद ५० हजार प्राप्त गरेका छन् ।

यस्तै प्रतियोगितामा आर्मीका डिफेन्डर विकास खवासले ’मणि बिक्रम शाह युवा खेलाडी’ अवार्ड जिते । अवार्डसंगै उनले नगद एक लाख रुपैयाँ प्राप्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);