मनाङ मस्र्याङ्दी क्लबको प्रशिक्षकमा राजेन्द्र | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

मनाङ मस्र्याङ्दी क्लबको प्रशिक्षकमा राजेन्द्र

काठमाडौं । आठौं पटकको सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले यस सिजनको लागि टोलीको प्रशिक्षकमा राजेन्द्र तामाङलाई नियुक्त गरेको छ । २९ कात्तिकबाट सुरू हुने शीर्ष डिभिजनको लिगको लागि मनाङले राजेन्द्रलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको हो ।

ए लाईसेन्स प्राप्त प्रशिक्षक राजेन्द्रले विदेशी प्रशिक्षक तोपे फुजासँग सहकार्य गरि मनाङको ‘टच लाइन’ समाल्नेछन् । फुजा केहि समयपछि नेपाल फर्कदैछन् । यस सिजनको लिगबाट पोखरा रंगशालालाई घरेलु मैदान बनाउने निर्णय गरेको मनाङले पोखरावासी राजेन्द्रलाई प्रशिक्षकमा रोजेको हो । 

‘मनाङले पोखरालाई घरेलु मैदानको रुपमा अगाडि बढाएको छ । म स्थानीय भएँ । दुबैलाई राम्रो हुने भए पनि हामीले सहकार्य गर्याै ।’ न्युज कारखानासँग प्रशिक्षक राजेन्द्रले भने । राजेन्द्रले पछिल्लो दुई सिजन विभागीय एपीएफ फुटबल क्लब हेरेका थिए । अघिल्लो सिजन राजेन्द्रको प्रशिक्षणमा एपीएफ रेलिगेसन जोनबाट बचेको थियो । १३ खेल खेल्दा दुई जित, तीन बराबर र आठ खेलमा हार व्यहोरेको एपीएफ नाै अंकसहित १२औं स्थानमा रहेको थियो । 

त्यसअघि भएको विना रेलिगेसनको लिगमा एपीएफले पहिलो पटक पाँचौ स्थान प्राप्त गरेको थियो । विना रेलिगेसनका त्यस लिगमा एपीएफले १३ खेल खेल्दा सातमा जित, चार हार र दुई खेलमा बराबरी खेलेको थियो । 

प्रशिक्षक राजेन्द्रले लिगमा लामो इतिहाससहित सफल क्लबमा आफुलाई स्थापित गरिसकेको मनाङमा अनुबन्ध हुन पाउनु खुसीको कुरा भएको बताए । ‘एपीएफपछि खाली थिए । म आफैँ काम गर्न इच्छुक भएर मनाङमा कुरा राखेँ । टिम हेर्न पाएकोमा खुसी छु ।’ राजेन्द्रले भने । २९ कात्तिकबाट सुरू हुने लिगमा मनाङले १ मसिंरमा जावलाखेल युथसँग प्रतिस्पर्धा गर्दै लिगको सुरुवात गर्नेछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);