पोखरा रंगशालालाई मनाङ मस्र्याङदीको घरेलु मैदान बनाउन राष्ट्रिय खेलकुद परिषदमा सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पोखरा रंगशालालाई मनाङ मस्र्याङदीको घरेलु मैदान बनाउन राष्ट्रिय खेलकुद परिषदमा सिफारिस

काठमाडाैं । आसन्न ए डिभिजन लिगका लागि मनाङ मस्र्याङदी क्लवले पोखरा रंगशाला प्रयोग गर्न पाउने भनेर सिफारिस गरिएको छ । घरेलु लिगको सर्वाधिक सफल क्लव मनाङको घरेलु मैदानका रुपमा पोखरा रंगशालालाई प्रयोग गर्न सिफारिस गरिएको हो ।

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र राखेपका बोर्ड सदस्य राजेश गुरुङसहित रंगशालाका सरोकारवाला विच भएको छलफलमा पोखरा रंगशालालाई मनाङले प्रयोग गर्न पाउनेमा सहमति भएको छ । साथै मनाङको घरेलु मैदान पोखरा रंगशाला भनेर प्रमाणपत्र दिनका लागि पनि राष्ट्रिय खेलकुद परिषद राखेपलाई सिफारिस गरिने भएको छ ।

पछिल्लो पटक एएफसी क्लव लाइसेन्सको तयारीमा रहेको मनाङले पोखरालाई आफ्नो होम ग्राउण्ड बनाएर ग्रासरुट फुटबलको विकाशमा जोड दिने योजना बनाएको छ । असोजमा हुने भनिएको ए डिभिजन लिग अगाडी अनुमति पाएमा मनाङले घरेलु खेल पोखरा रंगशालामा खेल्नेछ । यसका साथै अरु फुटबल गतिविधी पनि सोहि मैदानमा गर्न पाउनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);