ए डिभिजन लिग : एपीएफबाट पुलिस पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

ए डिभिजन लिग : एपीएफबाट पुलिस पराजित

काठमाडौं, १७ पुस । सहिद स्मारक ए डिभिजन लिग फुटबलको दुई विभागीय टोलीको भिडन्तमा एपीएफले पुलिसलाई पराजित गरेको छ ।

एपीएफको घरेलु मैदान हल्चोकमा मंगलबार भएको खेलमा एपीएफले पुलिसलाई ४–१ ले हराएको हो । एपीएफको जितमा युवराज खड्काले २ तथा राजेन्द्र रावल र हरि कार्कीले समान १÷१ गोल गरे

च्यासल सरस्वती युथ क्लबसंग २–१ गोल अन्तरले पराजित
यस्तै अर्को खेलमा च्यासल युथ क्लब पराजित भएको छ । मंगलबार भएको खेलमा च्यासल सरस्वती युथ क्लबसंग २–१ गोल अन्तरले पराजित भएको हो । एन्फा मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा च्यासलले हार व्यहोरको हो ।

सरस्वतीलाई जित दिलाउन मनिस थापा र फ्रान्सिसले एक एक गोल गरे । च्यासलका सजिन थापा मगरले एक गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन् । हारसंगै च्यासलले १२ खेलबाट १५ अंक जोडेको छ । च्यासल लिगको आठौं स्थानमा छ । १३ अंक जोडेको सरस्वती लिगको नवौं स्थानमा उक्लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);