सन्दिपकाे टिम 'मेल्बर्न स्टार्स' बिग ब्यासकाे फाइनलमा १३ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सन्दिपकाे टिम ‘मेल्बर्न स्टार्स’ बिग ब्यासकाे फाइनलमा १३ रनले पराजित

big bash league

काठमाडौं, ५ फागुन । नेपाली बलर सन्दीप लामिछाने सहभागी मेल्बर्न स्टार्स, अस्ट्रेलियाको चर्चित व्यावसायिक क्रिकेट प्रतियोगिता बिग ब्याश लिगको उपविजेता बनेको छ । मेल्बर्न सहरका दुई क्लबबीच खेलिएको ’मेल्बर्न डर्बी’ फाइनलमा मेल्बर्न स्टार्सलाई मेल्बर्न रेनिगेड्सले १३ रनले पराजित गरेको हो ।

फाइनलमा सन्दीपले विकेट लिन नसकेपनि उनको कसिलो बलिङले विपक्षी ब्याट्सम्यानहरूलाई केही बाँध्न मद्दत पुगेको थियो । चार ओभर बलिङ गर्ने क्रममा ४ रनको औसतमा उनले १६ रनमात्र दिए । समग्रमा उनले प्रतियोगिताभरि ११ विकेट लिन सफल भए ।

टस जितेर पहिलो बलिङ रोजेको मेल्बर्न स्टार्सले प्रतिद्वन्द्वीलाई १ सय ४५ रनमा रोकेको थियो । रेनिगेड्सलाई शुरुवातदेखि नै रोक्ने क्रममा स्टार्सका बलरहरू एडम जाम्पा र ज्याकसन बर्डले २-२ विकेट लिए । रेनिगेड्सलाई उकास्नका निम्ति टम कुपर र डानियल क्रिस्टियनको भूमिका महत्वपूर्ण रह्यो । छैटौं विकेटका लागि कुपर र क्रिष्टियनले ८५ रनको अविजित साझेदारी गरेपछि टोलीले योग्य स्कोर बनायो ।

सन्दीपको खेल हेर्न नेपाली कप्तान पारस खड्का पनि अस्ट्रेलिया पुगेका थिए । जवाफी ब्याटिङमा मेल्बर्न स्टार्स सुरुदेखि नै हावी देखियो । तर अन्तिम समयमा एकपछि अर्को खेलाडीहरू आउट भएका कारण टोलीले अनपेक्षित हार ब्योहोर्नुपर्यो ।

बिग ब्याश लिगमा पहिलो पटक आवद्ध लेग स्पिनर सन्दीप लामिछानेको प्रदर्शन सुरुदेखि नै प्रभावकारी देखिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);