गौहत्यामा संलग्न भएको आशंकामा नेपालगंज उपमहानगरका मेयरलाई कार्वाही गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गौहत्यामा संलग्न भएको आशंकामा नेपालगंज उपमहानगरका मेयरलाई कार्वाही गर्न माग

coww

काठमाडौं, १६ भदौ । नेपाल भेटेरीनरी एशोसिएशनले गाई हत्यामा संलग्न रहेको दावी गर्दै नेपालगंज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणालाई तत्काल कार्वाही गर्न माग गरेको छ ।

एशोसिएशनका अध्यक्ष डा. सितलकाजी श्रेष्ठले पशु हत्या गर्नेमाथि ३ वर्षसम्म कैद सजाय समेतको व्यवस्था कानुनमै उल्लेख गरिएको भन्दै सो हत्यामा संलग्न मेयर राणालाई कडा कानुनी कार्वाही गर्न माग गर्नु भएको हो ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले सुर्खेतमा गरिएको सो गौहत्यामा संलग्न अन्यको पनि पहिचान गरी कडा कार्वाही गर्न सरकारलाई सचेत गराउनु भयो ।

अध्यक्ष श्रेष्ठले सो घटनामा संलग्नमाथि तत्काल कार्वाही नगरे सरकारविरुद्ध नै आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिनु भयो । त्यसैगरी एशोसिएशनले खोटाङको दिक्तेल बजारमा कुकुरको हत्या गरिएको भन्दै सो हत्यामा संलग्नमाथि पनि तत्काल कार्वाही गर्न सरकारसँग माग गरेको छ ।

नेपाल विश्व पशु स्वास्थ्य संगठनको पनि सदस्य राष्ट्र भएकाले कुनै पनि पशुमाथि कुटपीट गर्न समेत नपाउने एशोसिएशनको तर्क छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);