छानबिनमा लापरबाही गरे प्रहरीलाई समेत कार्वाही हुन्छ : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

छानबिनमा लापरबाही गरे प्रहरीलाई समेत कार्वाही हुन्छ : प्रधानमन्त्री

pm kp sharma oli

काठमाडौं, ९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले किशोरी पन्तको हत्याका सम्बन्धमा गहिरो गरी छानवीन गर्न सरकारले नयाँ छानविन समितिलाई आवश्यक निर्देशन दिएको बताए ।

शनिबार सो हत्याकाण्डको यथोचित छानवीन गर्न माग गर्दै बालुवाटार पुगेका प्रदेश ७ का पार्टीका सांसद एवम् नेताहरुसँगको सामूहिक भेटमा प्रधानमन्त्री ओलीले छानवीनमा लापरबाही गरेको पाइए प्रहरी प्रशासनलाई समेत कडा कार्वाही गर्ने चेतावनी दिएको नेकपाका सांसद भिम रावलले जानकारी दिए ।

भेटमा प्रदेश ७ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद एवम् नेताहरुले किशोरी पन्तको हत्यारालाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेका थिए ।

हत्यारालाई छानवीन गर्ने क्रममा भएका कमीकमजोरी औंल्याएर जनता समक्ष सार्वजनिक गर्न पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको सांसद रावलले जानकारी दिए ।

बलात्कारपछि हत्या गरिएकी किशोरी पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै आएका प्रर्दशनकारीमाथि प्रहरीले गोली हान्दा शुक्रबार एक जना बालकको पनि ज्यान गएको र केही घाइते भएका छन् ।

सो घटनाबारे पनि छानवीन गरी दोषीलाई कार्वाही र पीडितलाई तत्काल राहतको व्यवस्था गर्न प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गरिएको सांसद रावलले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);