सत्तारुढ दलको विद्यार्थी संगठनद्धारा आईजीपी खनालको राजीनामा माग | ईमाउण्टेन समाचार

Our Network

असोज २७ २०८३, बुधवार

सत्तारुढ दलको विद्यार्थी संगठनद्धारा आईजीपी खनालको राजीनामा माग

student unions

काठमाडौं, १८ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेका छन । निर्मला पन्तको बलात्कारपछि हत्यामा प्रमाण नष्ट गर्ने प्रहरीलाई कार्वाही गर्न नसकेको भन्दै अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) ले प्रहरी महानिरीक्षक खनालको राजीनामा माग गरेका हुन ।

बिहिबार गृहमन्त्री रामबहादुर थापालाई सिंहदरबारमा ज्ञापन पत्र बुझाउँदै दुवै संगठनका नेतृत्वले सुरक्षाको जिम्मेवारी लिएको प्रहरीले निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै प्रहरीको नेतृत्व लिएका महानिरीक्षक खनाललाई तत्काल बर्खास्त गर्न गृहमन्त्री थापासंग माग गरेका हुन ।

यता, गृहमन्त्री थापाले निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न नसकेकोमा सरकार चिन्तित रहेकोे बताए । उनले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई छिट्टै पक्राउ गरी कार्वाही गर्ने प्रतिवद्धता पनि दोहोर्याए ।

अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले गृहमन्त्री थापालाई बुझाएको ज्ञापन पत्रमा निर्मला हत्याकाण्डको छानवीनका लागि गठित उच्चस्तरीय समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारसँग माग गरिएको छ ।

ताजा समाचार